काठमाडौँ बाहिरबाट आउने सांसदको कोरोना परीक्षण हुने, सुरक्षामा उच्च सतर्कता

काठमाडौँ बाहिरबाट आउने सांसदको कोरोना परीक्षण हुने, सुरक्षामा उच्च सतर्कता

काठमाडौँः संसद्को बजेट अधिवेशनमा काठमाडौँ बाहिरबाट आाउने सांसदको कोरोना परीक्षण हुने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिले जोखिमपूर्ण क्षेत्रबाट आएका सांसदको कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।

परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गर्ने समितिले निर्णय गरेको हो । स्वास्थ्यले तोकेको मापदण्ड अनुसार सांसदको स्वास्थ्य परीक्षण हुनेछ । आवश्यकता अनुसार आरडीटी र पीसीआर परीक्षण हुनेछ ।

यस्तै, संसद् बैठक कक्षलाई सुरक्षित बनाइने छ । मास्क स्यानिटाइजर लगयातको व्यवस्था सचिवालयले गर्नेछ ।

सांसदसँगै आवश्यकता अनुसार सुरक्षाकर्मी, कर्मचारीको पनि स्वास्थ्य परीक्षण हुनेछ ।