लकडाउनको अवधि बढाउन उच्चस्तरीय समितिको सिफारिस, अवधि मन्त्रिपरिषदले निर्णय गर्ने

काठमाडौँः उच्चस्तरीय समितिले लकडाउनको अवधि बढाउन सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले लकडाउन निरन्तर राख्न सुझावसहित अवधि बढाउन सिफारिस गरेको हो । तर, अवधि भने मन्त्रिपरिषदबाट निर्णय हुनेछ।

समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले हालको अवस्था निरन्तर राख्न सुझाव दिइएको बताए।

बिडारीले लकडाउनको अवधिबारे बुधबारको मन्त्रिपरिषद बैठकले निर्णय गर्ने पनि बताए।

समितिमा काठमाडौँ प्रवेशलाई कडाइ गर्नेबारे छलफल भएको छ । यस्तै, कोरोना संक्रमणको अवस्था हेरेर क्षेत्र वर्गीकरण गर्ने पनि निर्णय भएको छ । क्षेत्र वर्गीकरण लगायतको निर्णय मनित्रपरिषदबाटै हुनेछ ।