संघीय संसद्का नवनियुक्त महासचिवले लिए शपथ

संघीय संसद्का नवनियुक्त महासचिवले लिए शपथ

काठमाडाैं ।  संघीय संसदका नवनियुक्त महासचिव डा. भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिएका छन्।

मंगलबार सिंहदरवारमा आयाेजित एक कार्यक्रमकाबीच सभामुख अग्निप्रसाद सापकोटाले गाैतमलाई शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरुकाे उपस्थिति रहेकाे संसद सचिवालयले जनाएको छ।

शपथ लगत्तै गाैतमले पदभार पनि सम्हालेका छन्।