संसद्को महासचिवमा भरतराज गौतम नियुक्त, डेढ महिनापछि नेतृत्व

संसद्को महासचिवमा भरतराज गौतम नियुक्त, डेढ महिनापछि नेतृत्व

काठमाडौँः संघीय संसद्को महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् । सोमबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणशेप्रसाद तिमिल्सिनाले गौतमलाई महासचिवमा सिफारिस गरेका थिए। लगत्तै राष्ट्रपतिले गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन्। गौतम हाल सचिवालयमा सचिव छन् ।

सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि गौतमले कार्यभार प्रारम्भ गर्नेछन्।

सचिवालयका सचिवमध्ये वरिष्ठताका आधारमा गौतमलाई महासचिवमा सिफारिस गरिएको थियो।

गौतम २०५१ सालदेखि संसद् सेवामा आवद्ध छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । चैत ३ गतेपछि महासचिव पद रिक्त थियो।