लकडाउनको मोडालिटी परिमार्जन गर्दै सरकारः यस्तो छ तयारी, उच्चस्तरीय समिति पनि बस्दै

लकडाउनको मोडालिटी परिमार्जन गर्दै सरकारः यस्तो छ तयारी, उच्चस्तरीय समिति पनि बस्दै

काठमाडौँः जारी लकडाउनको स्वरुप केही परिमार्जन गर्ने पक्षमा सरकार पुगेको छ । डेढ महिनाभन्दा बढी लकडाउन जारी रहँदा सबै क्षेत्रमा नकारात्मक असर परेको भन्दै मोडालिटी परिमार्जन गर्न लागेको हो । मोडालिटीबारे छलफल गर्न उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेका उच्चस्तरीय समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे बैठक बोलाइएको छ ।

सरकारले कोरोना जोखिमलाई हेरेर तीन तहमा वर्गीकरण गरेको छ । अति प्रभावितलाई रेड जोनमा राखिएको छ । अन्य क्षेत्रलाई हरियो र पहेँले क्षेत्रमा राखिएको छ ।

सम्पूर्ण आवातजावात, शिक्षा क्षेत्र, बढी भीडभाड हुने मन्दिर चर्च, मस्जिद, तथा धार्मिकस्थल सबै क्षेत्रमा बन्द हुनेछन् ।

जोखिम क्षेत्रमा सरकारी कार्यालय अत्यावश्यक मात्र सञ्चालन हुनेछ । अन्य दुई क्षेत्रमा पूर्ण सञ्चालनमा आउनेछ ।

यस्तो छ सरकारको तयारी