आइतबार १० जनामा काेराेना संक्रमण देखियाे, संक्रमितकाेे संख्या ६९

काठमाडौँ । आइतबार थप १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोरोना संक्रमितको संख्या ६९ पुगेको जनाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका  पुरुषमा र नेपालगन्जको प्रयोगशालमा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए ।