राष्ट्रपति भण्डारीद्वारा संघीय संसदकाे वजेट अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदकाे वजेट अधिवेशन आह्वान

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्खे अधिवेशन आह्वान गरेकी छन्।

आइतबार मन्त्रिपरिषद् बैठककाे सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्। 

‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल वैशाख २६ गते शुक्रबारको दिन १६  बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले पत्रमा भनेका छन् ।