संसदकाे बजेट अधिवेशन वैशाख २६ मा बाेलाउन सिफारिस गर्ने मन्त्रिपरिषदकाे निर्णय

काठमाडाैं । सरकारले बैशाख २६ गतेका लागि संघीय संसदकाे बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेकाे छ ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रीपरिषद बैठकले वैशाख २६ गते अपरान्ह ४ बजे बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेकाे हाे ।

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ भने त्याे भन्दा १५ दिन अघि नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।