राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै यसरी तयार हुँदैछ अत्यावश्यक सामग्री

राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै यसरी तयार हुँदैछ अत्यावश्यक सामग्री

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर फैलिइरहँदा नेपालमा भने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै विभिन्न अत्यावश्यक सामग्री बनाउन जुटिरहेको छ।

विदेशबाट आयात गर्नुभन्दा आफ्नै देशमा बनाउँदा सस्तो पर्ने भएकाले यस्तो महामारीको अवस्थामा पनि गत डेढ महिनादेखि केन्द्रका इन्जिनियरहरू काममा खटिरहेका खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

महावीर पुनको संयोजकत्वमा निर्माणमा जुटेका आविष्कार केन्द्रका अभिनव प्रबन्धक ण्इनोभेसन म्यानेजर) सुनिल बानियाँले भने, ‘यस्तो महामारीको समयमा नेपाल र जनताको रक्षामा केही सहयोग पु¥याउने सोचाइले यस्ता सरसामन बनाउन जुटेका हौँ।’