प्रचण्ड–नेपाल समूह ओलीविरुद्ध एकाएक नरमः पार्टी फुटाउनेतर्फ नलाग्न निर्देशन, २५ गते स्थायी समिति

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पछिल्लो समय आक्रामक रहेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एकाएक नरम भएको छ । ओलीको विकल्प खोज्ने समेत छलफल अघि बढाएको उक्त समूह सचिवालय बैठकमा नरम भएको हो ।

यस्तै, बैठकले वैशाख २५ गते स्थायी समिति बोलाउने निर्णय गरेको छ। सोभन्दा अघि २४ गते सचिवालय बैठक बस्नेछ।

बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री ओलीले चाँडै बजेट अधिवेशन बोलाउनेबारे पनि जानकारी दिएका थिए।

दुबै अध्यक्षले बैठकमा आत्मा आलोचना गर्दै पार्टी फुटाउने कुनै गतिविधिमा नलाग्न पनि निर्देशन दिएका छन्।