सचिवालय बैठकमा प्रचण्डलाई ओलीसँगैको मर्यादाक्रम

सचिवालय बैठकमा प्रचण्डलाई ओलीसँगैको मर्यादाक्रम

काठमाडौँः पार्टीमा आन्तरिक विवाद चर्कंदै जाँदा सत्तारुढ नेकपाको सचिवालय बैठकमा दुई अध्यक्षले संयुक्त अध्यक्षता गरेका छन् । यसअघि पनि यो अभ्यास भए पनि पछिल्लो केही समययता प्रधानमन्त्री ओलीले मात्र बैठकमा अध्यक्षता गरिरहेका थिए । गत बुधबारको बैठकमा पनि ओलीले अध्यक्षता गरेका थिए ।

शनिबारको बैठकमा भने ओली र प्रचण्ड दुबैले संयुक्त रुपमा बैठकमो अध्यक्षता गरेका हुन् ।

पार्टीमा आन्तरिक विवाद बढ्दै जाँदा सचिवालय बैठकबाट स्थायी समिति माग गर्ने अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षीय नेताहरुको तयारी छ । तर, प्रधानमन्त्री ओली पनि सचिवालयमा आफ्नो पकड राख्ने प्रयासमा छन् ।

सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । यस्तै, उपाध्यक्ष बामदेव गौतमसँग पनि ओलीले परामर्श गरेका छन् ।

बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए । सोपछि प्रचण्ड तथा नेपाल समूहले स्पष्ट खाका सचिवालय बैठकमा पेस गर्न माग गरेका थिए ।