दस लाख परिवारलाई राहत वितरण

बन्दाबन्दीबाट प्रभावित देशभर असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ।

शुक्रबारसम्म सातवटै प्रदेशमा १० लाख छ हजार २१ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सरकारले एक महिनाअघि बन्दाबन्दीबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक र मजदुरलाई राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा मन्त्रालयले राहत वितरणका लागि नमुना मापदण्ड जारी गरी ७५३ वटै स्थानीय तहलाई पठाएको खबर आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन्।

असङ्गठित क्षेत्रमा कार्यरत विभिन्न श्रमिक र दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई एकद्वार प्रणालीबाट स्थानीय तहले राहत सामग्री वितरण गरेको हो।