प्रचण्ड-नेपाल समूहको रणनीतिः सचिवालयबाट स्थायी समिति तय, ओलीको राजीनामा माग

प्रचण्ड-नेपाल समूहको रणनीतिः सचिवालयबाट स्थायी समिति तय, ओलीको राजीनामा माग

काठमाडौँः सत्तारुढ दल नेकपाको आन्तरिक किचलो बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको समूहबीच रस्साकस्सी जारी छ । विवादका बीच शनिबार पुनः सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकअघि शीर्ष नेताहरु एकापसमा छलफल र गुट भेलामा व्यवस्त छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रधानमन्त्री ओली र वरिष्ठ नेता नोपलसँग छलफल गरेका छन् । यतिमात्र हैन प्रचण्ड र नेपालले संयुक्त रुपमा नेपाल पक्षीय स्थायी समिति सदस्यसँग पनि छलफल गरेका छन् ।

नेता नेपाल निवासमा भएको छलफलमा अधिकांश स्थायी समिति सदस्यहरुले सचिवालय बैठकबाट स्थायी समितिको मिति तोक्न माग गरेका छन् । स्थायी समितिको मिति तोक्न प्रचण्ड र नेपाललाई सुझाव दिएका छन् ।

यस्तै, बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको दबाव बढाउन पनि स्थायी समिति सदस्यहरुले सुझाव दिएका छन् ।

सचिवालय बैठकपछि लगत्तै स्थायी समिति बस्नुपर्ने ती सदस्यहरुको माग छ । शुक्रवारको भेलामा युवराज ज्ञवाली, वेदुराम भुसाल, भीम रावल रघुजी पन्त लगायत सहभागी थिए।