उदयपुरमा क्वारेन्टाइनमा बसेका एक युवकले गरे आत्महत्या

विराटनगर । कोरोना संक्रमण आशंकामा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन्।

उदयपुरको क्वारेन्टाइनमा रहेका युवकले आत्महत्या गरेका हुन्।

रौतामाई गाउँपालिका ७ राजाबासस्थित रौता जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका १८ वर्षीय युवकले बिहीबार राति झुन्डिएर आत्महत्या गरेका हुन्।

उदयपुरको रौतामाई ७ गुराँसेका सुमन विकले आत्महत्या गरेको गाउँपालिका कार्यालयले जानकारी दिएको छ।