लोक सेवाको विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगित, परीक्षा पनि नहुने

लोक सेवाको विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगित, परीक्षा पनि नहुने

काठमाडौँः कोरोना कहरका कारण सरकारले लोक सेवा आयोगको नियमित तालिका अनुसारका सबै परीक्षा र विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार परीक्षा र सबै विज्ञापन स्थगन गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले अर्को सूचना नभएसम्मका लागि परीक्षा र विज्ञापन दुबै स्थगित भएको बताए।

निर्णय अनुसार हाल विज्ञापन भइसकेका परीक्षा पनि स्थगित भएका छन् । भने, नयाँ दरवन्दी अनुसारको पदपूर्ति पनि हुने छैनन्।

मन्त्रिपरिषद्ले इपिइस प्रणाली अन्तर्गत कोरियामा काम गरिरहेका तर हाल छुट्टीमा आएका नागरिकलाई काममा फर्कन चाहेमा स्वास्थ्य परीक्षण गरेर जान दिने निर्णय गरेको छ । यसरी जाँदाको खर्च खर्च कामदार स्वयमले बेहोर्नु पर्नेछ।