आन्तरिक विवादमा गृहकार्य गर्ने जिम्मा पार्टी नेतृत्वलाई, स्थायी समितिबारे २० गतेको बैठकले निर्णय गर्ने

आन्तरिक विवादमा गृहकार्य गर्ने जिम्मा पार्टी नेतृत्वलाई, स्थायी समितिबारे २० गतेको बैठकले निर्णय गर्ने

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी सचिवालय बैठकले आन्तरिक विवादमा अनौपचारिक गृहकार्य गर्न पार्टी नेतृत्वलाई समय दिने निर्णय गरेको छ। बुधबारको बैठकमा समसामयिक विवादबारे छलफल भएको छ। यस्तै स्थायी समिति बैठकको पनि माग भएको छ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादबारे अनौपचारिक परामर्श गरेर वैशाख २० गतेको सचिवालय बैठकमा नेतृत्वले प्रस्ताव ल्याउने बताए। श्रेष्ठले भने, ‘आन्तरिक समस्या, एकता र सुदृढीकरणका विषय र केही कमरेडले माग गर्नुभएको स्थायी समितिको बैठकबारे छलफल भयो । नेतृत्वले अनौपचारिक गृहकार्यको प्रक्रिया अघि बढाउँदै २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय भएको छ।’

श्रेष्ठले सोही बैठकले नै स्थायी कमिटीको बैठकबारे निर्णय गर्ने बताए।