पत्रकारलाई बालुवाटार प्रवेशमा रोक

पत्रकारलाई बालुवाटार प्रवेशमा रोक

काठमाडौँः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनका लागि बालुवाटार पुगेका पत्राकारलाई प्रवेश रोक गरिएको छ । प्रधानमन्त्री निवासको मूल गेटमा नै उनीहरुलाई रोकिएको छ । ५ बजेका लागि बोलाइएको सचिवालय बैठक बसिरहेको छ ।

प्रवेश निषेध गरेपछि पत्रकारहरु अहिले मूल गेट बाहिर नै धर्नामा बसेका छन् । लामो रस्साकस्सीपछि नेकपा सचिवालय बैठक बसेको हो ।