प्रधानमन्त्री आफैँले गरे संसद बैठककक्षकाे अवलाेकन

प्रधानमन्त्री आफैँले गरे संसद बैठककक्षकाे अवलाेकन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनकाे अवलाेकन गरेका छन्।

संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी भइरहेका बेला दुबै सदनका बैठक सञ्चालन गर्न बैठक कक्षकाे अवलोकनका लागि पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन गएका छन्।

यसअघि आजै सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्नेे सम्बन्धमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए।