नेकपा सचिवालय बैठक बस्दै, विवाद सुल्झाउने प्रयास हाेला त सफल ?

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवायलय बैठक आज बस्दैछ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको बढ्दाे आन्तरिक विवादका विषयमा छलफल गर्न साँझ ५ बजे बस्नेगरि बैठक बोलाइएको हो ।

पछिल्लाे समय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीकाे कार्यशैलिलाई लिएर पार्टीभित्रै विवाद चर्किएकाे छ ।

सचिवालय बैठकबाट स्थायी समिति बाेलाउने बारे निर्णय हुनेछ ।

पछिल्ला दुई अध्यादेश प्रकरणपछि नेकपाभित्र निकै विवाद चर्किएकाे छ ।  जसकाे छलफलका लागि सचिवालय तथा स्थायी समितिको माग भइरहेको थियाे ।