भारतमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १ हजार नाघ्याे

काठमाडाैं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या एक हजार नाघेको छ ।

त्यहाँकाे स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार याे समाचार तयार पार्दासम्म भारतमा काेराेना संक्रमणबाट १००७ जनाकाे ज्यान गइसकेको छ।

यस्तै संक्रमितको संख्या पनि ३० हजार भन्दा बढी पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या कम्तिमा ३० हजार ३२५ रहेको छ । भारतमा सात हजार ६९५ जना निको भएर घर फर्किएका छन् ।