लकडाउन असर: कक्षा छाेड्ने दर बढ्न सक्ने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्ब हुँदा विद्यार्थीले कक्षा छोड्ने दर बढ्न सक्ने औँल्याइएको छ ।

सङ्क्रमणका कारण वैशाख २ देखि १५ सम्म हुने विद्यार्थी भर्ना अभियान अवरुद्ध भएको साथै अनलाइन कक्षाहरू पनि विद्यार्थीको पहुँचमा पुग्न कठिनाइ देखिएपछि विद्यालय जाने उमेर समूहका धेरै बालबालिका विद्यालयबाहिरै रहनसक्ने आकलन गरिएको छ ।

यो अवस्थामा विद्यालय तथा शिक्षकले अभिभावक र विद्यार्थीसित सम्पर्कमा रहनुपर्ने तथा कक्षा सञ्चालन हुन नसकेको अवस्थामा पनि प्रविधिमार्फत विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने खाँचो शिक्षासम्बद्ध व्यक्तिहरूले औँल्याएका छन् । यसमा स्थानीय सरकार र अभिभावकको पनि समन्वयकारी भूमिका अपेक्षित हुने जनाइएको छ ।