शीर्ष नेताको रस्साकस्सीपछि नेकपा सचिवालय बैठक आह्वान, स्थायी समितिबारे टुंगो भएन

काठमाडौँः पार्टीभित्रको आन्तरिक विवादबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाइएको छ । बुधबार साँझ बस्नेगरि बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओली, अकाए अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको परामर्शपछि बैठक डाकिएको हो ।

अध्यादेश प्रकरणपछि नेकपामा विवाद छ । उक्त विवादबारे छलफलका लागि सचिवालय तथा स्थायी समितिको माग भइरहेको छ । स्थायी समितिका २० सदस्यले बैठक आह्वानका लागि लिखित निवेदन अध्यक्ष प्रचण्डलाई दिइसकेका छन् ।

सचिवालय बैठकपछि स्थायी समिति बस्ने तयारी छ ।