बन्दाबन्दीकै बीच कर्णाली करिडोरको काम पुनः सुरु

बन्दाबन्दीकै बीच कर्णाली करिडोरको काम पुनः सुरु

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ।

राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि बढाएको खबर आजको गोरखापत्र दैनिकमा सिमकोटबाट राजन रावलले लेखेका छन्।

‘कोरोना त्रासका कारण बन्दाबन्दी हुँदा करिब एक महिना अघिदेखि बन्द रहेको करिडोरको काम पुनः सुरु भएको छ’, कर्णाली करिडोर सडक निर्माण कार्य दलका आयोजना प्रमुख इन्जिनियर एवं सेनानी मिलन कार्कीले भने।