थपियो १० दिन लकडाउन, वैशाख २५ गतेसम्म कायम राख्ने सरकारको निर्णय

थपियो १० दिन लकडाउन, वैशाख २५ गतेसम्म कायम राख्ने सरकारको निर्णय

काठमाडौंः लकडाउन वैशाख २५ गतेसम्म कायम राख्ने मन्त्रिपरिषदले निर्णय गरेको छ। आइतबार साँझ बसेको बैठकले दश दिन थप गर्ने निर्णय गरेको हो। सीमा नाका र हवाइ उडानको लकडाउन बढाउने निर्णय यसअघि नै उच्चस्तरीय समितिले गरिसकेको छ।

उच्चस्तरीय समितिले एक हप्ता लकडाउन बढाउने निर्णय गरे पनि मन्त्रिपरिषद्ले दश दिन थप गरेको हो।

चैत ११ गतेदेखि लागू भएको लकडाउन पटक पटक गरी एक महिना पूरा भइसकेको छ।