र्‍यापिड टेष्ट पोजेटिभ देखिएकी वीरगंजकी एक युवतीको मृत्यु, क्यान्सरबाट थिइन् पीडित

र्‍यापिड टेष्ट पोजेटिभ देखिएकी वीरगंजकी एक युवतीको मृत्यु, क्यान्सरबाट थिइन् पीडित

कोरोना र्‍यापिड टेष्ट पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ। २३ वर्षीय ती युवती क्यान्सरबाट समेत पीडित थिइन्। वीरजंगकी उनको आइतबार बिहान उपचार लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ। कोरोना जाँचका लागि स्वाब संकलन गरिएको छ। केही समयअघि उनी भरतपुर क्यान्सर अस्पतालबाट फर्किएकी हुन्।  

स्वाबो परीक्षणपछि मात्र उनको निधन क्यान्सर वा कोरोना भन्ने यकिन हुनेछ।