देउवा र ओलीको छलफलमा प्रचण्डको ‘इन्ट्री’ भएपछि

देउवा र ओलीको छलफलमा प्रचण्डको ‘इन्ट्री’ भएपछि

काठमाडौँ : शुक्रवार अपराह्न प्रधानमन्त्री ओली र सभापति देउवाबीच केहीबेर एक्लाएक्लै वार्ता भएको थियो । केही बेरपछि भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि छलफलमा सहभागी भएका छन् । केहि दिन अघि जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तीन नेताबीच पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिँदै छलफल चलिरहेको छ । सरकारले अध्यादेश जारीगरेसँगै कांग्रेसले तत्काल फिर्ता लिन दवाव दिएको थियो । उक्त अध्यादेश आजै सरकारले फिर्ता लिने निर्णय गरेको थियो र राष्ट्रपति विद्यादेवि भण्डारीले पनि दुबै अध्यादेशलाई खारेज गरिसकेकी छिन् ।