निजी क्षेत्रका माग, कर्मचारीको आधा तलब सरकारले व्यहोर्नुपर्ने

निजी क्षेत्रका माग, कर्मचारीको आधा तलब सरकारले व्यहोर्नुपर्ने

काठमाडौँ: निजी क्षेत्रका प्रतिनिधित्व गर्ने संस्थाहरुले मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटेर कोरोना कारण उद्योग व्यवसाय बन्द रहेकाले कर्मचारीको आधा तलब सरकारले व्यहोर्नुपर्ने माग राखेका छन् । 

यस्तै, कोरोनाका कारण आर्थिक मन्दीको अवस्था उत्पन्न हुन नदिन सरकारले बैंकहरुमा तरलता अभाव हुन दिन नहुने र व्याजदरलाई ५ प्रतिशत भन्दा कम राख्नुपर्ने सुझाव दिएका छन् ।

कोभिड–१९ का कारण निजी क्षेत्रले भोग्नुपरेको समस्याको बारेमा जानकारी दिन मुख्यमन्त्रीलाई भेट्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए ।

निजी क्षेत्रका व्यवसायीको समस्या सुन्दै मुख्य सचिव रेग्मीले अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रको चासोलाई सरकारले गम्भीर रुपमा लिएको जानकारी दिएको नेपाल उद्योग परिसंघले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।