प्रधानमन्त्री ओलीद्धारा अध्यादेश फिर्ता लिने तयारीमा, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने

प्रधानमन्त्री ओलीद्धारा अध्यादेश फिर्ता लिने तयारीमा, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिन तयार भएको नेकपाका नेताहरुले बताएका छन्। आफैंले जारी गरेका दुई अध्यादेश पार्टी भित्रकै दबाबपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन लागेका हुन्।

आज बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटपछि ओलीले आफू अध्यादेश फिर्ता लिन तयार भएको बताएको नेकपाका एक नेताले बताए। स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै अध्यादेश खारेज गर्ने सम्भावना छ। संविधानको धारा ११४ को १ ख मा अध्यादेश राष्ट्रपतिबाट जुनसुकैबेला खारेज हुनसक्ने प्रावधान छ।

प्रधानमन्त्रीले प्रचण्डसँग भने पनि मैले गलत नियत राखेर गरेको होइन, तपाईंहरूलाई त्यस्तो लाग्छ भने फिर्ता लिऔं भन्नुभयो', स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले आजै राष्ट्रपतिलाई अध्यादेश खारेजीका लागि पत्र पठाउन सक्ने स्रोतले बतायो।