अनलाईन डेलिभरीमार्फत ७२ हजार किलो खाद्यान्न बिक्री

अनलाईन डेलिभरीमार्फत ७२ हजार किलो खाद्यान्न बिक्री

काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सेवा सुरु भएको दुई हप्ताभित्रमा अनलाईन डेलिभरीमार्फत ७२ हजार किलो खाद्यान्न बिक्री गरेको छ ।सोमबार साँझसम्मको भएको बिक्रीको विवरण गर्दै ‘सेवा सञ्चालनको १४ दिनमा कुल एक सय ४३ ग्राहकले उक्त परिमाणको खाद्यन्न खरिद गरेका हुन्,’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने जानकारी दिईन ।

कम्पनीले दिनमा औसत १० वटासम्म अनलाइन डेलिभरी गरिरहेको उनको भनाइ छ । पहिलो चरणमा कम्पनीले चक्रपथ भित्रका ग्राहकलाई फापर, चामल, दाल र कर्णालीको सीमी मागअनुसार डेलिभरी गरिरहेको कम्पनीकी सूचना न्यौपानेले बताईन् ।

लकडाउनका कारण खाद्य वस्तु अभाव हुन नदिन चैत २६ गतेदेखि कम्पनीले अनलाइनमार्फत अर्डर लिएर डेलिभरी सेवा सुरु गरेको थियो । कम्पनीले तयार पारेको ‘नेपाल फुड डागोओभी डट एनपी‘ नामको वेबसाइटमा गएर उपभोक्ताले खाद्यान्न अर्डर गर्न सक्नेछन ।घरसम्म खाद्यान्न अर्डर गर्नका लागि कम्तिमा दुई हजार रुपैयाँको खाद्य बस्तु अर्डर गर्नु पर्ने कम्पनीको शर्त छ । अनलाइन पेमेन्टमार्फत वा डेलिभरी गर्ने व्यक्तिलाई नगद दिन सकिने दुवै सर्तसहित कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ ।