५३ जना पत्रकारहरुमा कोरोना भाइरसको संक्रमण

५३ जना पत्रकारहरुमा कोरोना भाइरसको संक्रमण

काठमाडौं: अहिले बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण भारतको मुम्बइस्तिथ ५३ जना पत्रकारहरु यस भाइरसको सिकार तथा संक्रमण पाइएको छ ।संक्रमित पाइएकामध्ये अधिकांश टेलिभिजनमा काम गर्ने बताएका छन् ।बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनले एक सय ६७ पत्रकारहरुमा गरेको परीक्षणमा ५३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ पाइएको हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका लुभ अग्रवालले सबै पत्रकारहरुलाई आफ्नो काम गर्दा सुरक्षाको सबै प्रबन्ध गर्न आग्रह गरेका छन् । उनले पत्रकारहरुलाई कोरोना भाइरसको संक्रमण देखिनुलाई दुर्भाग्य रहेको बताएका छन् । उनले परीक्षण गर्नुपर्ने सबै पत्रकारको कोरोना भाइरस परीक्षण हुनुपर्ने बताए ।परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका अधिकांश पत्रकारहरुमा कुनै पनि लक्षण देखिएको थिएन । मुम्बई प्रेस क्लबका प्रमुद गुरुवीर सिंहले आफूहरुले पत्रकारलाई सकेसम्म फिल्डमा नजाने व्यवस्था मिलाउन प्रयास गरिरहेको बताए ।

यसअघि भारतको चेन्नईमा पनि दुई पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । गत मार्चमा मध्यप्रदेशको भोपालमा पनि एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।