कांग्रेसद्धारा बैठक पछि अध्यादेश तत्काल फिर्ता लिन माग

कांग्रेसद्धारा बैठक पछि अध्यादेश तत्काल फिर्ता लिन माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी बैठकले सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषको कामकारबाहीसम्बन्धी ल्याएको अध्यादेश असंवैधानिक भएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको छ ।

बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, “आजको बैठकमा अध्यादेश तत्काल फिर्ता गर्न माग गरिएको छ । हाम्रो पार्टीले कोरोनाविरुद्धको महाअभियानमा यो सरकारलाई साथ र सहयोग गरिरहेको छ । यस्तो बेलामा सरकारले असंवैधानिक अध्यादेश ल्यायो । यो गलत हो । यो त सरकारले पार्टी फुटाउ र राज गर्ने भन्ने हिसाबकिताबल ल्याएको अध्यादेशजस्तो देखियो । यो राष्टघाती छ । असंवैधानिक कदम हो । अध्यादेश फिर्ता गर्न माग गरेको छ ।”

त्यस्तै, आजको बैठकमा राष्टपति विद्यादेवी भण्डारीले पनि हतारमा अध्यादेश जारी गर्नु गलत भएको पनि निश्कर्ष निकालेको छ । त्यस्तै, अध्यादेशको विरुद्धमा आजै सामाजिक सञ्जालमार्फत कांग्रेस भातृसंगठनहरुले आ आफ्नो ठाउँबाट विरोध गर्नेपनि निर्णय गरेको छ ।