किराना पसलमा आगलागी हुँदा १ को मृत्यु २ घाइते

किराना पसलमा आगलागी हुँदा १ को मृत्यु २ घाइते

गुल्मी : गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको छ।  आगलागीमा परि २ जना घाइते भएका छन्। बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्‍चालक पूर्णबहादुर खनालका छोरा १६ वर्षीय छोरा समिर खनालको मृत्यु भएको हो।

आगलागीमा परेर मृतकको बाबु पूर्णबहादुर खनाल र आमा रूपा खनाल गम्भीर घाईते भएको गुल्मीका जिल्ला प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए।  आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ। घाइते दुवै जनालाई पाल्पा अस्पतालमा उपचारका लागि लगिएको छ। अहिले घटनास्थलबाट सवको मुचुल्का तयार गरी जिल्ला अस्पताल गुल्मी लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घरबाटै डिजल, पेट्रोलसमेत बिक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको क्षतिको आउन बाँकी रहेको छ भने आगो करिब २ घण्टापछि प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको बताइएको छ।