एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि

एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि

काठमाडौं: शिक्षामन्त्री गिरीराजमणी पोख्रेलले महामारीका कारण रोकिएको एसईई परिक्षा लकडाउन खुलेको ३ हप्ता पछि गर्नेगरी छलफल भईरहेको बताएका छन् ।राष्ट्रिय परिक्षा बोर्ड र विश्व विद्यालयहरुले रोकिएका एसईई लगायत कक्षा ११ र १२ कोे र विश्व विद्यालयका परिक्षाहरु लकडाउन खुलेको तेस्रो हप्ता भित्र गर्न सकिने मन्त्रालयलाई जानकारी दिएको मन्त्री पोखरेलको भनाई रहेको छ ।

वाध्यात्मक र जवरजस्ती ढंगले परिक्षा शुरु नहुने बताउदै मन्त्री पोख्रेलले संकट हेरेर परिक्षावारे निर्णय गरिने समेत जानकारी गराएका छन् ।नेपालमा संकटको अवश्था हेरेर जेठ सम्म परिक्षा दिलाउन सके र दशैं अगाडि पठनपाठन शुरु हुन पायो भने शैक्षिक शत्र नभत्किने मन्त्री पोखरेको भनाई रहेको छ ।

अहिले विश्वविद्यालय र सिटीइभिटीका परिक्षा पनि रोकिएका छन् । कतिपय ठाँउमा कक्षा ८ को परिक्षा पनि नभएकाले स्थानिय सरकारलाई परिक्षावारे निर्णय गर्न अनुरोध गरेको मन्त्री पोख्रेलले बताए ।