शनिबार सबै बिदेशी मुद्राको भाउ बढ्यो

शनिबार सबै बिदेशी मुद्राको भाउ बढ्यो

काठमाडौ : शनिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११४ रुपैयाँ २८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८८ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ४७पैसा र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा रहेको थियो।

त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५३ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको थियो । शनिबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८६ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ३०३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ६८ पैसा रहेको थियो ।