दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवती अस्पतालबाट डिस्चार्ज

दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवती अस्पतालबाट डिस्चार्ज

काठमाडौँ : नेपालको दोस्रो कोभिड—१९ संक्रमित निको भएर आज डिस्चार्ज भएकी छिन् । चैत १० गते कोरोना पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचाररत थिइन् ।

सबै रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको स्वास्थ्‍य मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिएका छन्। ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन्। फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर आफूलाई संक्रमण रहेको बताएपछि परिवारका सदस्यले उनलाई टेकु अस्पताल ल्याएका थिए।

त्यसैगरी टेकु अस्पतालमा चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन्। उनी युएईबाट चैत ६ गते नेपाल आएका थिए।