नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्ली। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

भेटका क्रममा उनीहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे  छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणमा आइतबार नयाँ दिल्ली पुगेका हुन्।