प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका भारतीय विदेशमन्त्री एस जयशङ्कर होटेल ताजमहल पुगेका छन् ।

आजै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नका लागि भारतीय विदेशमन्त्री उनी बसेको होटेल पुगेका हुन् ।

प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीचको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।