काठमाडौं। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बानियाँमाथि अनुसन्धान अघि बढाउन गत साता उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएको स्रोतले जनाएको छ। प्रहरीले बैंकिङ कसुरसम्बन्धी विषयमा अनुसन्धानका लागि अनुमति प्राप्त गरेको भए पनि उनी संलग्न घटनाको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन।
यस घटनाक्रमअघि प्रहरीले बानियाँका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो। साथै, गत वैशाखमा सम्पत्ति शुद्धीकरण विभागले उनको निवासमा छापा मारेको थियो।
बानियाँ २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए।