राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भई वडाअध्यक्षको हात भाँच्चियो

राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भई वडाअध्यक्षको हात भाँच्चियो

स्याङजा: राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ । जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो ।

झडपका क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएकोले उनलाई उपचारको लागि पोखरा लगिएको छ । वडाअध्यक्ष अनन्तराज गैह्रेले कुटपिटगर्नेबिरूद्ध वडा प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गरेका छन्।