भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

भाटभटेनीको टंगाल शाखा अब २४ घण्टै खुल्ने

काठमाडौँ । भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा सञ्चालनमा आउने भएको छ । ग्राहकलाई जुनसुकै समयमा किनमेलको सुविधा उपलब्ध गराउने उद्देश्यले आजदेखि शाखा २४ घण्टा खुला राख्न लागिएको कम्पनीले जनाएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार यसअघि भक्तपुरको राधेराधे शाखाबाट चौबिसघण्टे सेवा सुरु गरिएको थियो । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त भएको टंगाल शाखा पुनर्निर्माणपछि गत असोज ५ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।

 कम्पनीले अहिले देशभर २७ वटा स्टोर सञ्चालन गर्दै आएको छ ।