कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

काठमाडौं।  देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले देशका तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।