शुक्रबार सुनको भाउ फेरी बढ्यो

शुक्रबार सुनको भाउ फेरी बढ्यो

काठमाडौँ : आज सुनको भाउ प्रति तोला ३ सय रुपैयाले बढेको छ । हिजो बिहिबार ७१ हजार रुपैयामा कारोबार भएको सुन आज प्रति तोला ७१ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ बढेर प्रति तोला ७१ हजार रुपैयामा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको भाउ ३ सयले बढेको हो । यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाले बढेर ८ सय ५५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको महासङले जनाएको छ ।