सीमामा अलपत्र नागरिकबारे ओली र मोदीबीच फोनवार्ता

सीमामा अलपत्र नागरिकबारे ओली र मोदीबीच फोनवार्ता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन संवाद भएको छ । टेलिफोनमा सीमा बन्दका कारण सीमामा रोकिएका दुवै देशका नागरिबारे छलफल भएको प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

सीमा बन्द भएपछि एक अर्का देशका नागरिकलाई सम्बन्धित देशले सीमामा क्वारेन्टाइनमा राख्ने सहमित गरेका छन् । जसअनुसार सीमामा भारततर्फ करिब दुई हजार नेपाली छन् । नेपालतर्फ करिब ६ सय भारतीय रोकिएका छन् । आ–आफ्नो देशका नागरिकको हेरचाहबारे छलफल भएको ओलीले जनाएका छन् ।

कोरोनाविरुद्धको सहकार्यलाई अझै मजबुत बनाउने विषयमा समेत छलफल भएको उनले ट्वीटरमा लेखेका छन् । ओलीले विभिन्न देशका सरकार प्रमुखसँग फोन गरी नेपालीहरुको बारेमा चासो राख्दै आएका छन् ।