आजको राशिफल: व्यापार र जग्गा-जमिनको कारोबारबाट यी राशिलाई हुनेछ विशेष फाइदा

आजको राशिफल: व्यापार र जग्गा-जमिनको कारोबारबाट यी राशिलाई हुनेछ विशेष फाइदा
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

    आजको दिन निकै सकारात्मक रहनेछ। व्यापार-व्यवसायमा गरिएको लगानीबाट राम्रो आर्थिक लाभ मिल्नेछ। शिक्षा र राजनीतिक क्षेत्रमा पहुँच वृद्धि हुनेछ। स्वास्थ्यमा समस्या भएकाहरूलाई चिकित्सकको उपचारबाट लाभ मिल्नेछ भने साथीभाइको पूर्ण सहयोग प्राप्त हुनेछ।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुनाले मनमा केही अशान्ति बढ्न सक्छ। दाजुभाइसँग सहकार्य गरेर अघि बढेमा कार्य सहज हुनेछ। अध्ययन-अध्यापनमा मन जानेछ भने घरपरिवारको वातावरण शान्त रहनेछ।

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    आजको दिन सहज र सुखद रहनेछ। आफन्त तथा शुभचिन्तकहरूको राम्रो साथ-सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरिएको मिहिनेतले सफलता दिलाउनेछ। स्वदेशमै नयाँ रोजगारीका अवसरहरू देखिनेछन्।

  • कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):

    परिवारका सदस्यहरूसँग रमाइलो र गुणस्तरीय समय बिताउने अवसर मिल्नेछ। नयाँ पोसाक वा उपहार प्राप्तिको योग छ। राजनीतिक क्षेत्रमा प्रगति भए पनि स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्ने भएकाले सतर्क रहनुहोला। पारिवारिक मेलमिलाप कायम रहनेछ।

  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु टे):

    स्वास्थ्यले पूर्ण साथ दिनेछ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा दुग्धजन्य व्यापारमा संलग्नहरूका लागि विशेष लाभको योग छ। दाजुभाइसँग सानातिना मनमुटाव हुन सक्छ। धार्मिक व्यक्तित्वहरूसँगको भेटघाटले मनमा शान्ति मिल्नेछ।

  • कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):

    खर्चमा वृद्धि हुने योग छ। असफलताबाट नआत्तिई निरन्तर काममा लागिरहनु हितकर हुनेछ। वैदेशिक मोह छाडेर स्वदेशमै मिहिनेत गरे राम्रो प्रतिफल मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ भने पारिवारिक सम्बन्ध थप सुमधुर बन्नेछ।

  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):

    शुभग्रहहरूको सकारात्मक प्रभावले दिन अत्यन्तै शुभ रहनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। पारिवारिक सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। राजनीतिभन्दा व्यापार र जग्गा-जमिन (भूमि) सम्बन्धी कारोबारबाट विशेष लाभ मिल्नेछ।

  • वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):

    उत्साहवर्धक दिन छ। नयाँ लगानीका लागि समय अनुकूल छ। आज लिइने निर्णय दीर्घकालीन रूपमा लाभदायक हुने भएकाले विचार पुर्‍याएर मात्र कदम चाल्नुहोला। बिहान शिव आराधना गर्नाले दिन सहज बन्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ।

  • धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे):

    शुभ समाचार सुन्न पाइनेछ र स्वास्थ्यमा सुधार आउनेछ। समाजसेवाको अवसर मिल्नेछ। यद्यपि, मनमा केही अशान्ति रहनुका साथै पारिवारिक विषयलाई लिएर मन खिन्न वा अपमानित महसुस हुन सक्छ। धैर्यता राख्नुहोला।

  • मकर (भो, जा, जी, जू जे, जो, ख, खी, खू, खे, खो, गा, गी):

    विशेष सतर्कता अपनाउनुपर्ने दिन छ। स्वास्थ्यमा अचानक समस्या देखिन सक्छ। शत्रुहरू सक्रिय हुने भएकाले पारिवारिक सल्लाह बमोजिम चल्नु उपयुक्त हुनेछ। आलस्यता बढ्न सक्ने भएकाले सावधान रहनुहोला।

  • कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा):

    स्वास्थ्य क्षेत्र वा यससँग सम्बन्धित लगानीबाट राम्रो सफलता मिल्नेछ। पारिवारिक मेलमिलाप र यात्राको योजना बन्नेछ। यद्यपि, धन-सम्पत्तिलाई मात्र बढी महत्त्व दिँदा सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने भएकाले सचेत रहनुहोला।

  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):

    शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल हुनेछ। निजी शैक्षिक क्षेत्रको लगानीबाट बढी फाइदा मिल्नेछ। राजनीतिक क्षेत्रका व्यक्तिहरूसँगको व्यवहारमा सचेत रहनुहोला। साथीभाइको सहयोग मिल्नेछ भने आज संयमित भएर कम बोल्नु नै हितकर हुनेछ।

छुटाउनुभयो कि ?