स्कुल बसको ठक्करबाट बालकको मृत्यु

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बुधबार बिहान करिब १० बजे तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए ।

घाइते भएका बालक सल्यानको शारदा नगरपालिका –०२ खलङ्गा घर भई हाल रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अंन्दाजी २ वर्षीय आयन नेपाली रहेका छन् । दुर्घटनामा घाइते भएका आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?