आजको विनिमय दर यस्तो छ

आजको विनिमय दर यस्तो छ

काठमाडौ : शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४७ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६३ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३८पैसा र बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको थियो।

त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर २७ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रीदर २७ रुपैयाँ ४४ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको थियो । शुक्रबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ८३ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४८ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ६८ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा रहेको थियो ।