काठमाडौं: नेपाल सरकारले लकडाउनका कारण उपत्यकामा फसेका तथा अलपत्र परेकाहरुलाई काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने चाहिँ छैन ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्याइदिने निर्णय भएको छ । त्यसैगरी छोटो दुरीको हकमा कसरी जान दिने भन्ने बारेमा चाहि तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।