नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ: प्रधानमन्त्री शाह

नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबिचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना पनि दिए ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबिच थुप्रै विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार र नेपाली जनतालाई धन्यवाद दिए ।

छुटाउनुभयो कि ?