कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

हेटौंडा ।  लगातारको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह बढेको छ ।

जलाशयमा १५३० मिटरसम्म जल भण्डारण गर्न सक्ने क्षमता रहेकोमा अहिले ड्याममा  पानीको सतह १५२६.११ मिटर पुगेको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाए अनुसार  पानीको सतह १५२७.०० मिटर पुगेपछि पहिलो चेतावनी स्वरूप साइरन बजाइनेछ जनाएको छ । 

सम्भावित खतरालाई मध्यजर गर्दै कुलेखानी प्रथम जलविद्युत् केन्द्रले सबैलाई उच्च सावधानी र सतर्कता अपनाउँदै  सबैलाई सुरक्षित रहन अनुरोध गरिएको छ।

छुटाउनुभयो कि ?