सरकार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि जति गम्भीर हुनुपर्ने त्यति नभएको:नेपाली कांग्रेस

सरकार  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि जति गम्भीर हुनुपर्ने त्यति नभएको:नेपाली कांग्रेस

काठमाडौं: प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथामका लागि जति गम्भीर हुनुपर्ने त्यति नभएको जनाएको छ ।मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले कोरोनाको संक्रमण रोक्न पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा कांग्रेसले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गर्न र नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न माग गरेको छ । सहमहामन्त्री महतले भने, ‘उनीहरुलाई नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्न सम्भव छ र यो हाम्रो कर्तव्य पनि हो ।’कांग्रेसले स्वास्थ्य सामाग्री आपूर्तिमा भएको अनियमितताबारे छानविन गर्न समेत माग गरेको छ ।